• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनका पक्षबाट रुसविरुद्ध लड्ने विदेशीको संख्या १६ हजार नाघ्यो

Bydeep

Mar 8, 2022

काठमाडौं । दुई सातादेखि जारी रुस–युक्रेन युद्ध समाधातर्फ भन्दा निरन्तर बढ्दै गइरहेको छ । यो बीचमा रुसी आक्रमणविरुद्ध लड्न युक्रेनले विदेशी स्वयंसेवकहरूलाई आह्वान गरेको थियो। त्यसका लागि एकजना नेपालीले पनि आवेदन दिएको खबर आएको थियो । तर करिब ३,००० अमेरिकीले रुसी आक्रमणविरुद्ध लड्न चाहेको खुलेको छ ।

वाशिङ्टन डीसीस्थित युक्रेनी दूतावासका प्रतिनिधिले भ्वाइस अफ अमेरिका समाचार संस्थालाई यस्तो जानकारी दिएका हुन् । पश्चिमा राष्ट्रहरूले युक्रेनमा लड्नका लागि सेना पठाएका छैनन् । तर, लडाइँमा सहयोग गर्न युक्रेनलाई हतियार पठाउँदै आएका छन् ।

अमेरिकासहित देशहरूले रुस र रुसी नेताहरूविरुद्ध आर्थिक प्रतिबन्धहरू समेत लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले युद्ध लड्नका लागि सहयोग पुर्‍याउन विदेशी स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय सेना गठन गर्न आह्वान गरेका थिए ।

केही दिन अघि, जेलेन्स्कीले लगभग १६,००० विदेशीहरूले युक्रेनलाई लडाइँमा मद्दत गर्न स्वयंसेवा गरेको अनुमान गरेका थिए । अर्कोतिर झण्डै ७० हजार ति नागरिक जो विदेशमा थिए, उनीहरु रुसविरुद्ध लड्न स्वदेश फर्केका छन् । यता, अहिलेसम्म १५ लाख युक्रेनी पलायन भएको खबर पनि सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *