• Mon. Oct 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रामेछाप जिल्लालाई ‘नम्बर वान’ बनाउछौं – माधव नेपाल

Bydeep

Mar 8, 2022

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्नका लागि रामेछाप जिल्लालाई नम्बर एक बनाउने बताएका छन् । पर्सी देखि केन्द्रिय कमिटिको बैठक बस्ने छ, हामी आगामि चुनावको तयारीलाई आगामि ‘फोकस’ गरेर केन्द्र विन्दुमा राखेर यसको निम्ति प्रत्यक पालिकामा राम्रो तयारीकोे काममा जुट्दै छौं ।

कमिटि बनाउँदै अनि वडामा त्यसपछि टोल–टोलमा पनि पार्टीका कमिटिहरु विस्तार गदै चुनाव सम्बन्धी परिचालन कमिटि पनि हामी बनाउदै जान्छौं । जो–जो संग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्न विश्वासका साथ जुटिरहेका छौं । उलने भने– यस माहान कार्यमा तपाईहरु रामेछाप जिल्लालाई नम्बर एक जिल्लाको रुपमा अघि बढाउनका लागि तपाईहरु लागि पर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *