• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी भएका छात्रलाई ‘वर्ष चर्चित विद्यार्थी’ को उपाधि

ByDeayam

Mar 8, 2022

कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरिएकाे छ ।

आफू अध्ययनरत विद्यालयले मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको हाे ।

सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्यालय बन्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी भएकामा प्रोत्साहन स्वरूप विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरिएको हो ।

महामारीको कठिन समयमा रुखमा डेरा बनाएर पढाइमा सहभागी बनेर अन्य बालबालिकालाई सिकाइप्रति प्राेत्साहित गरेकाले छात्र मगरलाई ‘वर्षोत्कृष्ट पपुलर एण्ड मोटिभेशनल’ विद्यार्थीका रूपमा पुरस्कृत गरिएको सरस्वती माविका प्रधानाध्यापक नवीन चाम्लिङले बताउनुभयो ।

गएकाे साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशनअनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर घर नजिकैकाे रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।

छात्र मगर घर वरपर मोबाइल डाटा चल्ने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको प्रअ चाम्लिङले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *