• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बन्यो रुस : रिपोर्ट

Bydeep

Mar 8, 2022

रुस संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बनेको छ । रुसले यो मामिलामा सिरिया र इरानलाई पनि पछि पारेको छ । निगरानी गर्ने साइट क्यासलम डट एआईका अनुसार २२ फेब्रुअरी अघि नै रुसमाथि २,७५४ प्रतिबन्ध लागिसकेका थिए । यसबाहेक युक्रेनमाथि हमलापछि रुसमाथि २,७७८ प्रतिबन्ध लागेका छन् । यससँगै कूल संख्या ५ हजार ५३२ सम्म पुगेको छ।

हालसम्म शीर्ष स्थानमा रहने इरानमाथि कुल ३,६१६ प्रतिबन्ध लागेका छन् । प्रतिबन्ध लगाउने देशमा अमेरिका सबैभन्दा अगाडि छ जसले २१ प्रतिशत प्रतिबन्ध लगाएको छ । त्यसपछि यूके र इयू संयुक्त रुपमा छन्, जसले १८ प्रतिशत प्रतिबन्ध लगाएको छ ।

आइएइए प्रमुखले चर्नोबिल परमाणु साइटमा जान मञ्जुरी माग्योः

इन्टरनेशनल ऐटमिक इनर्जी एजेन्सी अर्थात् आईएईएले रुसको हमलामा क्षतीग्रस्त भएको चेर्नोबिल परमाणु साइटको भ्रमण गर्ने मञ्जुरी मागेको युक्रेनी अधिकारीले बताएका छन् । यो परमाणु साइटबाट मेडिकल र उद्योग जगतका लागि रेडियोआइसोटोप्स बनाइन्छन् तर रुसको तर्फबाट खारकिभमा जारी गोलीबारीले यो साइट पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । यद्यपि, यो साइटमा रेडियेशनको स्तरमा कुनै वृद्धि भएको छैन । रुसले २४ फेब्रुअरीमा चेर्नोबिल परमाणु साइटमा कब्जा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *