• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘हार्ट अफ स्टोन’ फिल्मबाट हलिउडमा डेब्यू गर्दै आलिया

ByDeayam

Mar 8, 2022

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो सुन्दरता र कुशल अभिनयकै कारण दर्शकहरुको मन जित्ने गरेकी छन् । उनले आफ्नो प्रत्येक पात्रमा जीवन भर्ने गरेकी छन् ।

बलिउडमा आफ्नो अभिनय क्षमता देखाइसकेकी अभिनेत्री आलिया अब हलिउडमा पनि आफ्नो छुट्टै पहिचान बनाउने तयारीमा छन् ।

अभिनेत्री आलिया भट्ट ‘हार्ट अफ स्टोन’ नामक फिल्मबाट हलिउडमा डेब्यू गर्न लागेकी हुन् । यो फिल्ममा आलियाले हलिउड अभिनेता गल ग्याडोटसँग स्क्रीन सेयर गर्ने छन् । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै आलियाले हलिउडमा डेब्यू गर्न लागेकी जानकारी दिएका हुन् ।

आलिया भट्टको तस्बिर सेयर गर्दै तरनले लेखेका छन्, ‘आलिया भट्टले हलिउडमा डेब्यू गर्न लागेकी छिन् । नेटफ्लिक्समा रिलिज हुने फिल्म ‘हार्ट अफ स्टोन’मा उनी गल गाडोटको अपोजिटमा देखिनेछिन् । यो एक अन्तर्राष्ट्रिय जासूस थ्रिलर फिल्म हुनेछ ।’
टम हार्परले ‘हार्ट अफ स्टोन’को निर्देशन गर्दैछन् । यद्यपी, फिल्ममा आलियाको क्यारेक्टर कस्तो हुनेछ ? भन्नेबारे भने केही खुलाइएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *