• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अष्ट्रेलियाका प्रधानमन्त्रीले देशमा आपतकालको घोषणा गर्ने

Bydeep

Mar 9, 2022

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशको दुईवटा राज्यमा आएको बाढीका कारण राष्ट्रव्यापी आपतकालको घोषणा गर्ने बताएका छन् । न्यु साउथ वेल्स (एनएसडब्ल्यु) र क्विन्स्ल्याण्डमा आएको बाढीमा परी २० जनाको मृत्यु भएको छ । रेकर्ड स्तरको वर्षापश्चात् पछिल्लो दुई हप्तामा हज्जारौं घर डुबानमा परेका छन् । बासिन्दाको तत्काल उद्दार नगरेको भन्दै मानिसले संघीय तथा स्थानीय सरकारमाथि रोष व्यक्त गरेका छन् ।

मोरिसनको घोषणा – राष्ट्र पहिलो– ले संघीय अधिकारीलाई यसबारे प्रत्यक्ष हस्तक्षेप गर्न अनुमति दिनेछ । उनले लिस्मोरको शहरमा बुधबार यस्तो घोषणा गरेका हुन् । उनले ५ सय वर्ष पछि यस्तो घटना निम्तिएको बताए । बाढीका कारण यहाँ ४ जनाको मृत्यु भएको छ । ‘यहाँ जे देखिएको छ, त्यसले मुटु छियाछिया पारेको छ । तपाईंले यसलाई हेर्नुपर्छ, यसलाई सुँध्नुपर्छ, महसुस गर्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *