• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आणविक भट्टीको मर्मतका लागि युक्रेनद्वारा यु द्धविराम आह्वान

ByAgrim Post

Mar 9, 2022

किभ । अहिले भइरहेको रुसी आक्रमणको कारण सन् १९८६ मा विश्वकै सबैभन्दा भयावह आणविक दुर्घटना भएको चेर्नोबिलको एउटा पूर्व आणविक भट्टीमा थप क्षति पुगेको छ । युक्रेनका विदेश मन्त्रीले सो क्षतिग्रस्त भट्टीको तत्काल मर्मत सम्भारका लागि रुसलाई युद्धविरामका लागि सहमत हुन आह्वान गरेका छन् ।सो भट्टीमा विद्युत आपूर्ति बन्द हुन पुगेको हो ।

विदेशमन्त्री दिमित्रो कुलेवाले रिजर्भ डिजेल जेनेरेटरहरूसँग भट्टीलाई ४८ घन्टा सम्म मात्र उर्जा दिने क्षमता रहेको र त्यसपछि खर्चिएको आणविक इन्धन चिस्याउने प्रणालीहरूको भण्डारण सुविधा बन्द हुने तथा विकिरण चुहावट निश्चित हुने कुरा ट्विटरमा लेखेका छन् । उनको यस टिप्पणी सावर्जनिक भएपछि सरकारी स्वामित्वमा रहेको सो आणविक कम्पनी इनर्गोएटमले त्यहाँबाट चुहावट भइरहेको विकीरणयुक्त बादललाई हावाले युक्रेनका अन्य क्षेत्रलगायत बेलारुस, रुस र युरोपका अन्य भागमा लाँदै गरेको देख्न सकिने बताएको छ ।

तर, बुधबार अन्तर्राष्ट्रिय परमाणविक ऊर्जा निकाय (आइएएए) ले एक विज्ञप्ति जारी गर्दै नडराउन आग्रह गरेको छ । युुक्रेनका ऊर्जा मन्त्री जर्मन गालुस्चेनकोले भने युक्रेनसँग भट्टीको सूचना अनुगमन गर्ने पहुँच नभएकाले रेडियोधर्मियुक्त विकीरण भइरहेको मुल्याङ्कन गर्ने स्थिति नरहेको बताएका छन् ।

यसैगरी गत साता रुसी फौजको नियन्त्रणमा गएको युरोपकै सबैभन्दा ठुलो जापोरिझझिया आणविक ऊर्जा भट्टी वरपरको विकीरणको स्तर सामान्य नै रहेको बताएको छ । इनर्गोएटम आणविक कम्पनीका अध्यक्ष पेट्रो कोटिनले युद्धको कारण क्षतिग्रस्त भागको मर्मत कार्य भइरहेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *