• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसीसीबारे जथाभावी नबोल्न पार्टीका सांसदलाई माधव नेपालको निर्देशन ,नकारात्मक टिप्पणी गरे कारवाही गर्ने चेतावनी

ByDeayam

Mar 9, 2022

माधबकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सांसदहरुले एमसीसी विरुद्धमा प्रतिक्रिया दिन नपाउने भनएका छन् ।

बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले एमसीसीका विरुद्धमा नकारात्मक टिप्पणी गरे कारवाही गर्ने चेतावनी दिएका छन् । एमसीसीका सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै उनले गल्ती स्वीकार गर्न चेतावनी पनि दिए। अन्यथा स्पष्टिकरण सोध्ने उनको चेतावनी थियो।

‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस् । स्पष्टिकरण सोध्नुपर्ने नहोस्’ उनले भने–‘ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।’

यसअघि एमसीसी प्रकरणमा अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनालको समेत आलोचना गरेका थिए। पोलिटब्यूरो बैठकमा बोल्दै उनले एमसीसीको विरोध गरेकोमा खनालको आलोचना गरेका हुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफनो पार्टी नै समाप्त पोर्न गरी षडयन्त्र पुर्वक अघि वढेपछि त्यसलाई असफल वनाउन एमसीसी पास गरिएको नेपालको भनाई थियो । सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको नेपालले बैठकमा बताए ।

केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भए पनि पारित गरेर गठबन्धन जोगाइएको नेपालले बैठकमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *