• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसीसीबारे माधव नेपालको कडा निर्देशन– पार्टीको निर्णय मान्नुपर्छ, स्टाटस मेटाउनूस्

Bydeep

Mar 9, 2022

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समावजादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा कडा निर्देशन जारी गरेका छन् । नेपालले आजदेखि बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै एमसीसीका विरुद्धमा आवाज नउठाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका हुन् ।

“एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ,” उनले भने, “एमसीसीविरुद्धमा लेखिएका स्टाटस मेटाउनुहोला । व्याख्यात्मक घोषणासँगै एमसीसीका विषयमा रहेका अस्पष्टता हटेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *