• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण गरिंदै

Bydeep

Mar 9, 2022

काठमाडौं । ‘चम्सुरी’ नामले चर्चित हास्य कलाकार पल्पसा डंगोलको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् ।

प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व्यक्तिले चार दिन आराम गर्नुपर्नेछ । मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । त्यो खर्च जुटाउन संघले पहल गर्ने अध्यक्ष खड्काले जानकारी दिए । ‘खर्च जुटाउन कलाकार संघको तर्फबाट समिति बनाउने तयारी गर्दैछौं,’ उनले भने, ‘चलचित्र विकास बोर्ड मातहतको कल्याणकारी कोषबाट समेत सहयोग गर्न पहल हुनेछ ।’

पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला मेरी बास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी उनी ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् । कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्यक्रिया रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *