• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नीर शाहलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी

Bydeep

Mar 9, 2022

फागुन, काठमाडौं । वरिष्ठ कलाकार नीर शाहलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न नेपाली कांग्रेस निकटको नेपाल साँस्कृतिक संघले लबिङ गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त एक पदमा शाहलाई मनोनित गर्न संघले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव राखेको हो ।

राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको कार्यकाल केही दिनअघि सकिएपछि सो पदमा मनोनितका लागि शाहलाई प्रस्ताव गरिएको साँस्कृतिक संघ निकट स्रोतले बताएको छ ।

तर यस विषयमा शाहले केही बोलेका छैनन् । २०४१ सालमा नेपाल टेलिभिजनको सुरुवातसँगै शाहले १० वर्ष त्यहाँको नेतृत्व सम्हालेका थिए । शाह चलचित्र विकास बोर्डका अध्यक्ष पनि भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *