• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेपालको हितमा एमसिसी ठिक छ ,राष्ट्रघाती भनेर गलत प्रचार गरियो : नेता प्रकाशमान सिंह

ByDeayam

Mar 9, 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका– ३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने ।

उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि जिकिर गरे। ‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो,’ सिंहले भने, ‘राष्ट्रघाति भए संघीय संसदबाट पास हुन्थ्यो तर सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने? यसरी त मिल्दैन नि ।’

उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेको प्रति आपत्ति जनाए। ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ ।

नेपाल अमेरिकी एक्सिसमा गयो । असंलग्ग नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन ।’ नेता सिंहले अब पाटिका सबै नेता कार्यकर्ताहरूले नागरिकको घरघरमा पुगेर बास्तबिकता बुझाउँदै कांग्रेसलाई मत दिन कांग्रेसलाई जिताउन लाग्न पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *