• Sat. Dec 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेप्से ३० दशमलव २९ अङ्कले घटेर दुई हजार पाँच सय १४ दशमलव ६५ विन्दुमा

ByDeayam

Mar 9, 2022

शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज ३० दशमलव २९ अङ्कले घटेर दुई हजार पाँच सय १४ दशमलव ६५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । विकास बैंक, बीमा, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २९ वटा कम्पनीका ४९ लाख ५९ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड २३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको शेयर झन्डै ६ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *