• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पुटिनलाई चुनौती दिँदै जेलेन्स्कीले खुलाए आफ्नो ‘लोकेसन’

Bydeep

Mar 9, 2022

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू कुनै पनि हालतमा किभ छाडेर अन्यत्र नजाने प्रतिज्ञा गरेका छन् । सामाजिक सञ्जालमार्फत एक अभिव्यक्ति सार्वजनिक गर्दै जेलेन्स्किीले यस्तो प्रतिज्ञा गरेका हुन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिँदै आफू बसिरहेको ‘लोकेसन’ समेत खुलाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, “म बान्कोभा स्ट्रिटमा छु । म लुकेको छैन। म कसैसँग डराएको छैन ।” बन्कोभा स्ट्रिट भनेको राष्ट्रपति भवन तथा कार्यालय भएको ठाउँ हो । उनको क्यामराले राष्ट्रपति कार्यालयअगाडिको सडकपारि देखाएको सामाजिक सञ्जालमा देख्न सकिन्छ । अहिले नै रुसलाई नरोक्ने हो भने नेटोका अरू सदस्य राष्ट्रको पनि यस्तै हालत हुने चेतावनी समेत उनले दिएका छन् ।

एबीसी न्युजसँग बोल्दै उनले भनेका छन्, “पहिलो सिकार हामी भयौँ । अब दोस्रो तपाईँहरू जोकोही पनि हुन सक्नुहुन्छ । किनकि, राक्षसले जति धेरै खायो उसलाई झन्–झन् बढी चाहिनेछ ।” युद्ध सुरु भएदेखि एकै हप्तामा तीनपटक हत्या प्रयासबाट बचेका जेलेन्स्कीले किभ नछाड्ने अडान राख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *