• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मेयरलाई एमाले पार्टी प्रवेश गराउन रंगेली आँउदै ओली

Bydeep

Mar 9, 2022

२५ फागुन, विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली आउन लागेका हुन् । बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिए ।

उद्योगी बगडिया माओवादीबाट रंगेलीको मेयरमा निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिनै लाग्दा उनी एमाले प्रवेश गर्न लागेका हुन् । एमाले प्रवेश गर्न तयारी गरेपछि माओवादी केन्द्रले बगडियालाई फागुन १५ गते पार्टीबाट निष्कासित गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *