• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसी तेल आपूर्ति तत्काल बन्द गरेसंगै अमेरिकामा तेलको मूल्य अहिलेसम्मकै उच्च , जनताहरु बाइडेनसँग रुष्ट

ByDeayam

Mar 9, 2022

अमेरिकाले रुसी तेल–ग्यास र अन्य उर्जा आपूर्ति तत्काल बन्द गर्ने निर्णय गरेको छ।

युक्रेनमा आक्रमण गरिरहेकाले रुसमाथि कडा प्रतिबन्धहरु लगाउने क्रममा अमेरिकाले रुसको तेल र ग्यास आयात नगर्ने बताएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनको यो निर्णयले अमेरिकी उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन्। अमेरिकामा तेलको मूल्य अहिलेसम्मकै उच्च भएको छ।

तेलको मूल्य महँगो भएपछि अमेरिकी जनताहरु राष्ट्रपति जो बाइडेनसँग रुष्ट भएको समाचारहरु आएका छन्।

मंगलबार बाइडेनले भनेका थिए,‘रूसी तेल अब अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनविरुद्ध शक्तिशाली धक्का दिइरहनेछन्।’

रुस तेल आपूर्ति गर्ने देशको पहिलो सूचीमा पर्दछ। उसले हरेक दिन ७० लाख ब्यारेल तेल विश्वभर पुर्याउँछ। तेल रुसको प्रमुख आय स्रोत भएकाले अमेरिकाले त्यसैमा प्रतिबन्ध लगाएको हो।

यद्यपी अमेरिकी जनताले यतिबेला महँगो मूल्यमा तेल किन्न बाध्य भएका छन्। बीबीसीका अनुसार गतहप्ता अमेरिकामा पेट्रोलको मूल्य ११ प्रतिशतले वृद्धि भएको थियो।

समग्रमा एक महिनाको अन्तरालमा अमेरिकामा ३० प्रतिशतले तेलको मूल्यमा वृद्धि भएको अल्जाजिराले उल्लेख गरेको छ। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया साउदर स्कुल अफ बिजनेसका प्राध्यापक आडम पान्क्राज भन्छन्,‘तेलको मूल्य वृद्धि भएर प्रति ब्यारेल २ सय डलरभन्दा बढी पुग्नसक्छ।’

यतिबेला अमेरिकी रेडियो र टेलिभिजनमा विपक्षी पार्टी रिपब्लिकनका नेताहरु राष्ट्रपति बाइडेनविरुद्ध अन्तर्वार्ता दिन तयार भएका छन्।

मूल्य वृद्धिका कारण जनता मारमा परेको भन्दै बाइडेन यस विषयमा जिम्मेवार भएको उनीहरुको भनाइ छ। विकल्प खोजेर अमेरिकी जनतालाई सस्तो तेल र ग्यासको सुविधा दिनुपर्ने उनीहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *