• Fri. Dec 1st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रूसले ब’म हानेर प्रसूति अस्पताल ध्व स्त पार्‍यो : युक्रेन

ByAgrim Post

Mar 9, 2022

रूसले बम खसालेर दक्षिणी युक्रेनको मारिउपोलस्थित प्रसूति अस्पताल ध्वस्त बनाएको युक्रेनी अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा पनि बमबारीका कारण आगो लागिरहेको प्रसूति अस्पतालको भिडियो फूटेजहरू सार्वजनिक भएका छन् ।

लडाकु विमानबाट रूसले सो प्रसूति अस्पतालमा बम लगातार बर्साएको बताइएको छ । रूसले खसालेको बमले शिशुहरू राखिएको अस्पतालको चिकित्सा सुविधा नै ध्वस्त भएको छ । मारिउपोल सिटी काउन्सिलले मानव हताहती पुष्टि गरेको छ ।

‘शहरको केन्द्रमा रहेको प्रसूति अस्पतालको शिशु कक्ष र आन्तरिक चिकित्सा विभाग रूसी बमबारीमा ध्वस्त भएको छ,’ दोनेत्स क्षेत्रीय प्रशासनका प्रमुख पाभ्लो क्यारिलेन्कोले भनेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेनेन्स्कीले पनि मारिउपोल अस्पतालमा रूसी सेनाले गरेको हवाई आक्रमणको भत्र्सना गरेका छन् । उनले भनेका छन्, ‘रूसी सेनाले प्रसूति अस्पतालमा सीधै बमबारी गरेको छ । यो अत्याचार र आतंकलाई विश्वले कहिलेसम्म सहेर बस्नेछ ?’

राष्ट्रपति जेलेन्स्कीले अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सन्धि गठबन्धन (नाटो) प्रति युक्रेनको आकाशलाई नो फ्लाइ जोन घोषणा नगरेकोप्रति कडा आक्रोश पनि पोखेका छन् । तत्कालै आकाश बन्द गरी हत्या रोक्न भन्दै उनले नाटोसँग शक्ति भएको, तर मानवता गुमेको हेरिरहेको आरोप लगाएको हुन् । सीएनएन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *