• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु

ByDeayam

Mar 9, 2022

विश्वमै पहिलोपटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ।

अमेरिकी डेविड बेनेटको मुटु प्रत्यारोपण गरेको दुई महिनापछि मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

५७ वर्षीय बेनेट आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति बनेका थिए।

बेनेटको स्वास्थ्य बिग्रिँदै जाँदा ८ मार्चमा मृत्यु भएको बीबीसीले जनाएको छ।

२ महिनाअघि बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको थियो।

शल्यक्रियाअघि उनी ६ साता ओछ्यानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *