• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

संकटका बेला श्रीमानको साथ नछाड्ने अठोट बोकेकी ओलेना जेलेन्स्कीले निभाउँदैछिन् जिम्मेवारी!

Bydeep

Mar 9, 2022

किभ। रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई देश छाडेर अमेरिका आउन प्रस्ताव गरिएको थियो। तर जेलेन्स्कीले सिधै अमेरिकी प्रस्ताव अस्वीकार गर्दै भनेका थिए,‘मलाई रुससँग भिड्न हतियार चाहिएको छ, भाग्नको लागि सवारी होइन।’ त्यसबेला जेलेन्स्कीकी श्रीमती फर्स्ट लेडी ओलेना जेलेन्स्की र उनका दुई सन्तान साशा र सिरिलले पनि युक्रेनमै बस्ने निधो गरे।

त्यसपछि नै राष्ट्रपति जेलेन्स्कीले भनेका थिए कि रुस उनको र उनको परिवारको हत्या गर्न चाहन्छ। यतिबेला सुरक्षाको कारणले गर्दा राष्ट्रपतिको परिवारको ठेगाना अज्ञात राखिएको छ। यद्यपी जेलेन्स्कीले भिडिओ सन्देश जारी गरेर आफू युक्रेनमै रहेको बताइरहन्छन्। उता फर्स्ट लेडी ओलेनाले यस्तो गम्भीर घडीमा पनि श्रीमानको साथ छोडेकी छैनन्।

उनले सामाजिक संजालमा रुसले गरेको दमनको विरोध गरिरहेकी छिन्। गतहप्ता मात्र उनले भनेकी थिइन्,‘आज म न त रुन्छु नै न त डराउँछु। म संयमित र आत्मविश्वासी भएर बस्नेछु। मेरा बच्चाहरु मलाई हेरिरहेका छन्। म मेरा सन्तान र श्रीमानको साथमा रहिरहनेछु, युक्रेनमै हुनेछु।’ यस क्रममा जेलेन्स्कीले पनि भनेका थिए,‘फर्स्ट लेडी आजभोली मलाई सोधिरहन्छिन् कि उनी युक्रेनको मद्दत कसरी गर्न सक्छन्। मेरो जवाफ होः विश्वलाई साँचो कुरा सुनाउनु।’

४४ वर्षकी ओलेनाको इन्स्टाग्राममा २० लाख फलोवर्स छन्। उनी यतिबेला युक्रेनी नागरिकलाई मानवीय सहयता चाहिएको र रुसले आक्रमण गरेको विषयमा बोलिरहन्छिन्। हाल सामाजिक संजालमा उनी संकटकाबीच पनि आफ्ना देशका नागरिकलाई चिन्ता नलिन भन्छिन्। सँधै आशावादी हुन् प्रेरित गर्छिन्।

सन् २०१९ मा फोकस पत्रिकाले सार्वजनिक गरेको सय प्रभावशाली महिलाको सूचीमा उनको नाम पनि उल्लेख थियो। सरल जीवनशैली रुचाउने उनी सबैसँग नम्र र मिलनसार रुपमा प्रस्तुत हुन्छिन्। श्रीमान जेलेन्स्कीले देश छाड्न नचाहेको विषयलाई ओलेनाले सम्मान गरेकी छिन्। उनले पनि रुसविरुद्ध युक्रेनले डटेर लड्नुपर्ने बताइरहेकी छिन्। जेलेन्स्की दम्पत्तिको राष्ट्रवाद, देश प्रेमलाई युक्रेनी जनताले सम्मान गरेका छन्। उनीहरुकै कारण युक्रेनी जनतामा आशा मरेको छैन। बीबीसीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *