• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

[अपडेट] संखुवासभाको मादीमा बस दुर्घटनमा ज्यान गुमौनेको संख्या १३ पुग्यो

ByAgrim Post

Mar 10, 2022

संखुवासभा – संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १२ जनाको परिचय खुल्न बाँकी छ । बसमा १५ जना यात्रु र चालक, सहचालक रहेका प्रहरीले जनाएको छ । घाइते भएका ३ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *