• Tue. Feb 20th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आगामी वर्ष शनिवार बाहेक कति दिन सार्वजनिक बिदा ? (सूचीसहित)

ByDeayam

Mar 10, 2022

नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवार बाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ ।

गृह मन्त्रालयले सार्वजनिक विदासँगै पर्व एवम सट्टा विदा तथा कार्यालय समय पनि निर्धारण गरेको छ । मन्त्रालयले आगामी वर्षमा बैशाखदेखि कात्तीक १५ सम्म माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय हाजिर हुने र छुट्ने समय तोकेको छ । शुक्रबारेको दिन भने बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ ।

विदेशस्थित नेपाली नियगले भने सम्बन्धित मुलुकका सार्वजनिक बिदालाईसमेत ध्यानमा राखेर बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ ।

सम्वत-२०७९-सालको-सार्वजनिक-विदा-सम्बन्धी-सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *