• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एक भारतीय : जो घर नफर्की रुसी सेनाविरुद्ध लड्न तम्सिए

Bydeep

Mar 10, 2022

किभ । अहिले युक्रेनमा हजारौँ संख्यामा विद्यार्थी अलपत्र अवस्थामा रहेको खबर सार्वजनिक भइरहेका छन् । तिनीहरू रुसी आक्रमण सामना गरिरहेको युक्रेनबाट जसरी भएपनि बाहिरिन चाहन्छन् । तर एकजना भारतीय विद्यार्थीले भने अस्वाभाविक व्यवहार प्रदर्शन गरेका छन् । एकाइस वर्षीय सैनिकेश नामक ती विद्यार्थी एक्लै युद्ध चर्किरहेको दिशातर्फ अघि बढेको बताइएको छ ।

भारतको दक्षिणी राज्य तमिलनाडु निवासी उनी सन् २०१८ मा युक्रेनको खार्किभमा एरोस्पेस इन्जिनियरिङ अध्ययनका लागि गएका थिए । युद्ध सुरु भएपछि उनको परिवारले उनलाई तुरुन्तै घर फर्कन आग्रह गरेका थिए । तर उनले स्वदेश फर्कन अस्वीकार गरे । बरु उल्टै उनी रुसी फौजविरुद्ध लड्न युक्रेनी अर्धसैनिक फौजमा भर्ती भए ।

सैनिकेशको यस्तो निर्णयबारे उनका अभिभावकले भारतीय गुप्तचर अधिकारीहरूबाट जानकारी पाएका हुन् । उनीहरूले आफ्नो छोराबारे केही पनि बोल्न चाहेका छैनन् । सैनिकेशका एकजना आफन्तले उनको सँधै सैनिक बन्ने तीव्र इच्छा रहेको तर भारतीय सेनामा आवश्यक शारिरीक उचाइको योग्यता आफूसग नभएकाले उनी निराश भएको बीबीसी तमिलनाडुलाई बताएका छन् । भारतीय प्रतिरक्षा अधिकारीहरूले अहिले सम्म उनीसंग सम्पर्क स्थापित गर्न सकेका छैनन् । उनका एक आफन्तले अहिले सबैका इच्छा भनेकै उनलाई सकुशल घर फर्काउनु रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *