• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

ओलीलाई भेटेर करिश्मा मानन्धरले भनिन् – म एमाले प्रवेश गर्न चाहन्छु

Bydeep

Mar 10, 2022

काठमाडौं : नायिका करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छन्। एमाले प्रवेशका लागि मानन्धरले विहीवार अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर अनुरोध गरेकी छन्।
उनले भनिन्, ‘म एमाले प्रवेश गर्ने सोचिराख्या थिए। कुराहरु पनि भइरहेको थियो।

आज भेट भएर आफ्ना कुरा राखे। अध्यक्षज्यूसँग म एमालेमा आबद्ध हुन चाहन्छु भने। उहाँले अहिलेको कन्डिसनमा हामीसँग आवद्ध हुन सक्नुहुन्छ भन्नुभयो। कुन दिन गर्ने के गर्ने भन्ने आगामी दिनमा निर्णय गर्छौं।’

करिश्मासँगै बालकोट पुगेकी एमाले सांसद गंगा चौधरी सत्गौवाले भेटमा समसामयिक विषयमा कुरा भएको बताइन्। उनले भनिन्, ‘करिश्माजीले भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो। त्यहीअनुसार भेट भएको हो। केही दिनमै परिणाम देखिन्छ।’ उनकाअनुसार औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेशको तयारी रहेको छ। यसअघि करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य थिइन्। पछि उनी सो पार्टीमा क्रियाशील रहिनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *