• Fri. Dec 1st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चैत ६ गते सम्म भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालतको आदेश

ByDeayam

Mar 10, 2022

उच्च अदालत पाटनले शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगितउच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गते सम्म भन्सार एजेण्टको परीक्षा स्थगित गर्न भन्सार विभागलाई आदेश दिएको हो ।

उच्च अदालतको आदेशमा ‘भन्सार एजेन्टको दरखास्त आह्वान गर्दा नेपालको संविधानको धारा ४२ बमोजिम समानुपातिक समावेशी सिद्दान्तको आधारमा सूचना निकाल्नु पर्नेमा सो बमोजिम प्रकाशित भएको नेदेखिदा भन्सार एजेण्टको परीक्षा दुवै पक्ष बीच छलफल नभए सम्मलाई स्थगित गर्नु’ भन्ने व्यहोरा उल्लेख छ ।

क्रिष्टिना थैवले गत वर्ष चैत १६ गते भन्सार विभागले प्रकाशित गरेको सूचना समावेशी नभएकाले परीक्षा रोक्न माग गर्दै विभाग विरुद्ध उच्च अदालत पाटमा रिट निवेदन दायर गरेकी हुन् ।

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्ले अदालतको आदेशका विषयमा लिखित जानकारी प्राप्त नभएको बताए । ‘अदालतले परीक्षा रोक्नु भन्यो भने सोही अनुसार हुन्छ’ काफ्लेले भने, ‘अदालतको आदेश विपरित जाने भन्ने हुँदैन ।’

भन्सार एजेण्टको परीक्षामा सहभागी हुन् करिब ९ हजारले आवेदन बुझाएका छन् ।

पुराना भन्सार एजेण्टले परीक्षा रोक्न बिभिन्न चलखेल गर्दै आएका थिए । एजेण्टको परीक्षामा समावेशीको प्रश्न उठाउनु उपयुक्त नभएको जानकारहरु बताउँछन् ।

’भन्सार एजेण्ट भनेको सरकारले जागिर दिन लागेको होइन’ स्रोतले भन्यो, ’एजेण्टमा समावेशी भन्ने हो भने वकिलको लाइसेन्स, चाटर्ड एकाउन्टेन्ट सबैको लाइसेन्समा समावेशी सिद्धान्न लागु हुनु पर्छ ।

गर्न अन्तरिम आदेश जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *