• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नागरिकहरु विदेशमा दुःख नपाउन भनेर विदेश जाने सबै नेपालीलाई कन्ट्याक्ट् ट्रेसिङमा राखिने

ByDeayam

Mar 10, 2022

नेपालबाट विभिन्न देश गएका नेपालीहरुलाई कन्ट्याक्ट् ट्रेसिङमा राखिने भएको छ। सम्बन्धित देशमा रहेको नेपाली दुतावासले आफ्ना देशका नागरिकको अभिलेख राखी कन्ट्याक्ट् ट्रेसिङ गर्ने भएको हो।

विभिन्न देशमा रोजगारी लागि गएका नेपाली नागरिकले दुःख पाएको कारण विदेश जाने नागरिकको अभिलेख राख्न लागीएको अध्यागमन विभागले जानकारी दिएको छ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार विभागले हाल दुई वटा काम गरिरहेको छ। एउटा विदेश जानको लागि सहज हुँने खालको सफ्टवयेर बनाउने र त्यसका लागि आवश्यक कानुन (कार्यविधि) बनाउने काम भैरहेको जानकारी दिए ।

सफ्टवयेर बाट नै विदेश जाने अनुमति लिन सकिने खालको सिस्टम बन्नेछ।

महानिर्देशक भट्टराईका अनुसार, अनलाइन माध्यमबाट विदेश जान चाहाने व्यक्तिले सम्पुर्ण कागजातका साथमा आवेदन दिने छन्, उक्त आवदेनको आधारमा अध्यागमन विभागले त्यसलाई हेरेर विदेश जान पाउने वा नपाउने इमेल वा एसमेस गरेर जानकारी दिने छ।

त्यसपश्चात सिधै विदेश जाने व्यक्ति टिकट काटेर विदेश जान सकिने खालको सप्टेर बन्ने जानकारी दिएका छन्।

कानुन (कार्यविधि)बनाउने काममा ड्राफ्ट भैरहेको महानिर्देशक भट्टराईले जानकारी दिए।

उनले भने कार्यविधि बनाउने काम धमाधम भै रहेको छ, केहि दिनमा सकिन्छ र मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भए पश्चात यो कानुन हुन्छ।

महानिर्देशक भट्टराईका अनुसार गृह मन्त्रालयको ११ सदस्यीय सहसचिव स्तरीय कार्यदलले ३ महिनामा सम्पूर्ण काम सक्नु पर्ने बताएता पनि विभागले एक महिना भित्र सम्पूर्ण काम सकेर कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरेका छन्।

नेपल बाहेकका अन्य विकसित देशहरुमा यस्तो कन्ट्याक्ट् ट्रेसिङ सिस्टम नभएको भट्टराईको भनाई छ।

विकसित देशहरुले अफ्नो देशमा आउने नागरिकको लागि मात्र सोध्ने खोजने गरेको तर अफ्नो देशबाट बाहिर जाने नागरिकलाई त्यस्तो केहि नगरेको उनको भनाई छ।

महानिर्देशक भट्टराई भन्छन्, ‘अन्य देशहरुमा यस्तो कन्ट्याक्ट् ट्रेसिङ सिस्टम छैन, नेपाल त्यस्तौ विकमित भैनसकेकोले गर्दा हाम्रो देशका नागरिकहरु विदेशमा दुःख नपाउन, सम्बन्धित देशको राजदुतावासमा नेपाली नागरिकको अभिलेखिकरण होस्, पछि कुनै कारण दुख पाएमा उलाई मदत गर्ने सहज होस् भनेर कन्ट्याक्ट् ट्रेसिङ ल्याएको हो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *