• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रेनु दाहाललाई पुन: भरतपुरको मेयर बनाउन प्रचण्ड सक्रिय

ByDeayam

Mar 10, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नी पुत्री रेनु दाहाललाई पुन: भरतपुर महानगरपालिकाको मेयर बनाउन सक्रिय रुपले लागिपरेका छन् । त्यसो त मेयर रेनुले आफ्नो कार्यकालमा भरपुर क्षेत्रमा विकासका योजनाहरु थुप्रै गरेकी छन् ।

उच्चस्तरिय स्रोतका अनुसार पछिल्लो समय गठबन्धनमाआवद्ध दलका शीर्ष नेताहरुबीच देशभरका महानगरपालिकामा नै गठबन्धन गर्ने सहमति बनेको छ । सहमति अनुसारभरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र) लिने लिने मोटामोटी सहमति बनेको हो। जसका प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत मनाइसकेको स्रोतको दावी छ।

यस्तै, काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व कांग्रेसले लिने सहमति हुँदा पोखरा महानगरपालिका माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) लिने र वीरगञ्ज महानगरपालिका भने उपेन्द्र यादव नेतृत्वको जसपाले लिने सहमति बनेको छ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने कार्यतालिका रहेको छ । अहिले सबै पार्टीका नेताहरुले आफ्ना सबै कार्यकर्ताहरुलाई निर्वाचनको तयारीमा जुट्न समेत निर्देशन दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *