• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

विद्यार्थीले परीक्षा फारम भर्दा बुबाको नामको इमरान हाश्मी र आमाको नाम सन्नी लियोन लेखेपछि !

Bydeep

Mar 10, 2022

एजेन्सी- इमरान हाशमी एक यस्तो अभिनेता हुन् जसको छवि फरक छ । त्यस्तै सनी लियोनीलाई नचिन्ने त कुरै भएन । दुवैको एउटा बच्चा छ भन्दा तपाइँ लाई विश्वास नहुन सक्छ। बिहार भारतको एउटा यस्तो राज्य हो जहाँबाट अनौठो समाचार आउने गर्दछ। तर यसपटक बिहारबाट आएको खबरले सबैलाई चकित बनाएको छ । वास्तवमा बिहारको मुजफ्फर जिल्लाबाट यस्तो खबर आएको छ जसले तपाईलाई हँसाउने र सोच्न बाध्य तुल्याउछ ।

वास्तवमा भनिन्छ, बिहारका जनता आनन्दमा बाँच्छन्, तर कहिलेकाहीँ यो खुशी यति उग्र हुन्छ कि इन्टरनेटमा भाइरल हुन्छ। मुजफ्फरपुरको ‘बीआरए बिहार युनिभर्सिटी’मा बीए पार्ट टुमा अध्ययनरत एक विद्यार्थीले यस्तै केही गरेका छन्, वास्तवमा यी विद्यार्थीले आफ्नो परीक्षा फारम भर्दा आफ्नो बुबाको नामको अगाडि इमरान हाश्मी लेखेका छन् र आमाको सट्टामा सन्नी लियोनको नाम भरेका छन् ।

युनिभर्सिटी’मा बीए पार्ट टुमा अध्ययनरत एक विद्यार्थीले परीक्षा फारम भर्दा बुबाको नामको इमरान हाश्मी र आमाको नाम सन्नी लियोन लेखेपछि खैलाबैला, साथै, ठेगानाको अगाडि चतुर्भुज स्थान लेखिएको छ, जुन मुजफ्फरपुरको रेड लाईट एरिया हो। यो अभूतपूर्व जानकारी भर्ने विद्यार्थीको नाम कुन्दन कुमार भनिएको छ ।

यी विद्यार्थीको यो कुकर्म आजकाल इन्टरनेटमा निकै भाइरल भइरहेको छ । यो खबर सार्वजनिक हुनेबित्तिकै अभिनेताले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिँदै ट्वीट गरेका छन् । वास्तवमा इमरान हाशमीले यो खबरलाई रिट्वीट गर्दै लेखेका छन्,– म कसम खान्छु कि यो मेरो सन्तान होइन । इमरान हाशमीको यो हास्यास्पद प्रतिक्रियालाई मानिसहरुले पनि रमाइलो गरिरहेका छन् र यसमा आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

यो खबर सामाजिक सञ्जालमा निकै तिब्र गतिमा फैलिरहेको छ । यद्यपि अभिनेत्री सन्नी लियोनीको तर्फबाट अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया आएको छैन । यस सम्पूर्ण विषयमा बयान दिँदै विश्वविद्यालयका रजिष्ट्रार राम कृष्णले सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण विषयमा अनुसन्धान गर्न आदेश दिइएको बताए । उनका अनुसार यो कार्य युवा आफैंले गरेको दुब्र्यहार भए अनुसन्धानपछि थप कारबाही हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *