• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको निधन

ByDeayam

Mar 10, 2022

श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको बिहीबार निधन भएको छ।

देशको दक्षिणी क्षेत्रमा पर्ने वेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो।

उनको जन्म सन् १९०६ को जनवरी ११ मा भएको थियो। श्रीलङ्का सरकारले भने उनको उमेर सन् २०१७ मा प्रमाणित गरेको थियो।

उनी १११ वर्षको भएको बेला सरकारले उनलाई देशको सबैभन्दा जेष्ठ नागरिकको प्रमाणपत्र दिएको थियो।

उहाँ दुई छोरा र एक छोरीकी आमा थिइन्। उनको श्रीमानको भने ४० वर्ष अगाडि नै निधन भएको थियो।

उनी शाकाहारी थिइन्। उनको परिवारजनले जीवनभरी एक पटक मात्रै उनी अस्पतालमा भर्ना भएको दावी गरेका छन्। सन् १९८२ मा मात्रै अस्पताल भर्ना भएको पारिवारिक सदस्यहरूको भनाई छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *