• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

१४ हजार पर्ने ग्यास छ हजारमा पाउन थालेपछि प्रयोगकर्ता बढे

Bydeep

Mar 10, 2022

काठमाडौं । सुरुमा मूल्य महँगो हुँदा सीमित घरधुरीले प्रयोग गर्ने खाना पकाउने ग्यासको मूल्य अहिले सस्तिएको छ । पहिलेभन्दा आधा मूल्य सस्तो भएपछि ग्यास प्रयोग गर्नेको सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । यसअघि प्रतिसिलिन्डर करिब १४ हजार रुपियाँ पर्ने ग्यास अहिले छ हजार रुपियाँमै पाइन्छ । कर्णाली कोरिडोर हुम्लाको सलीसल्लासम्म जोडिएपछि ग्यासको मूल्य सस्तिएको हो ।

स्थानीय गृहिणी सुशीला रोकायाले ग्यास प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले आफूले ग्यासको मूल्य प्रतिसिलिन्डर साढे छ हजार रुपियाँमा गाउँमै पाउन थालेपछि जडान गरेको जानकारी दिनुभयो ।

उहाँले सुरुका दिनमा आंँैलामा गन्न सकिने परिवारले मात्र ग्यास चुलो प्रयोग गर्दै आएकोमा अहिले त्यो सङ्ख्या ५० प्रतिशतले बढेको बताउनुभयो । सुरुमा ५० परिवार रहेकोमा अहिले तीन सय परिवारले ग्यास चुलो प्रयोग गरिरहेका बताउनुभयो ।

ग्यास खरिद गर्नेको सङ्ख्यासमेत वृद्धि भइरहेको ग्यास बिक्रेताले जनाएका छन् । पहिलो पटक ग्यास प्रयोग गर्नेले प्रतिसिलिन्डर साढे १४ हजार रुपियाँसम्म तिर्नु परेकोमा अहिले साढे छ हजार रुपियाँ मूल्य रहेको छ ।

ग्यास व्यापारी लोकेन्द्र शाहीले कर्णाली कोरिडोर हुम्लाको सलीसल्लासम्म जोडिएपछि ग्यासको मूल्य सस्तिएको बताउनुभयो । पहिले मुगुको गमगढीबाट खच्चडमा चार पैदल ढुवानी गरेर ल्याउनुपर्दा महँगो पर्ने गरेको बताउँदै उहाँले अहिले कम लागत आउन थालेपछि मूल्य घटेको जनाउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *