• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

उत्तर प्रदेशमा ४ पटक मुख्यमन्त्री भइसकेकी मायावतीको दल १ सिटमा खुम्चिएपछि !

Bydeep

Mar 11, 2022

एजेन्सी, २७ फागुन । कुनैबेला उत्तर प्रदेशको बहुमतको सरकार चलाइसकेकी मायावती यतिबेला निराश भएकी छिन् । कारण हो चुनावमा कहिले नभोगको हार । भारतको भावी प्रधानमन्त्रीको रुपमा लिइएकी मायावतीको दल बहुजन समाज पार्टीले विधानसभा चुनावमा नराम्रो हार व्यवहोरेपछि निराश भएकी हुन् । मायावतीको दलले ४०३ सिटमा मात्र १ सिट जितेको छ । यो अहिलेसम्म उनको दल बहुजन समाजले जितेको कम सिट हो ।

चुनावी परिणामपछि चार पटक मुख्यमन्त्री बनिसकेकी मायावतीले मुस्लिम मतदाताप्रति आक्रोश पोखेकी छिन् । उनले मुस्लिम मतदाताले अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीलाई मत दिएकाले आफूहरुले ठूलो मूल्य चुकाएको बताइन् । यो चुनावपछि आफूहरुले पाठ सिकेको प्रतिक्रिया दिइन् ।

चुनावमा समाजवादी पार्टीको जङ्गलराज फर्कने भयले दलित मतदाताले समेत भाजपालाई मत दिएको उनको भनाई थियो । उनले समाजवादी पार्टीप्रति आक्रोश पोखेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *