काठमाडौं- गायक तथा टेलिभिजन प्रस्तोता आदित्य नारायण झाले ‘सारेगमप’ को प्रस्तोताबाट बिदा लिएका छन् । उनले सामाजिक संजाल इन्स्टाग्राममार्फत छोरी त्विषा नारायण झासँगको तस्बिर सार्वजनिक गर्दै शोबाट टाढिने निर्णय गरेका । हालै बुवा बनेका उनले छोरी त्विषा सँग समय बिताउन भन्दै प्रस्तोताबाट बिदा भएका हुन् ।
आदित्य नारायणकी पत्नी श्वेता अग्रवालले फागुन १२ गते त्विषालाई जन्म दिएकी थिइन्।उनले अर्को स्टाटसमार्फत सारेगमपलाई धन्यवाद दिंदै भनेका छन्९भारी मनका साथ कार्यक्रम छाड्ने निर्णय गरेको छु, यस शोले मलाई मेरो पहिचान दिएको छ। १५ वर्षसम्म टेलिभिजन दुनियाँमा रमाएका आदित्यले अब बाँकी समय संगीतमा नै बिताउने भएका छन् ।