• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चामलबिना किन पूर्ण हुन्न हरेक पूजा ?

ByDeayam

Mar 11, 2022

हिन्दू धर्ममा सबै देवी-देवताको पूजामा चामलको प्रयोग विशेष रुपमा हुने गर्छ । चामल बिना पूजा पूर्ण भएको मानिदैन । पूजामा प्रयोग हुने चामललाई अक्षता पनि भनिन्छ । कुनै पनि पूजामा सिम्रिक, बेसार, अबिर तथा केसरीको साथै अक्षता चढाइन्छ ।

पूजामा यस मन्त्रका साथ अक्षता भगवानलाई चढाइन्छ ।अक्षताश्य सुरश्रेष्ठ कुंकुमाक्ता, सुशोभिता, मया निवेदिता भक्त्या, गृहाण परमेश्वर,यो मन्त्रको अर्थ हुन्छ,हे भगवान, सिम्रिकको रंगबाट सुशोभित यो अक्षता तपाईलाई समर्पित गर्दछु ।कृपया तपाई यसलाई स्वीकार गर्नुहोला ।यसको यही भाव हुन्छ कि अन्नमा अक्षता अथवा चामल श्रेष्ठ मानिन्छ ।यसैले चामललाई देवान्न पनि भनिन्छ । देवताको पनि प्रिय अन्न चामल नै हो ।

चामलसँग जोडिएका विशेष्ता:

पूजा कर्ममा देवी-देवतालाई चामल चढाइन्छ । साथै कुनै व्यक्तिलाई निधारमा टिका लगाउँदा पनि अक्षताको प्रयोग गरिन्छ । अक्षता पूर्णताको प्रतिक पनि हो । किन भने यो टुक्रिएको हुँदैन ।

त्यसैले अक्षतालाई पूजामा चढाउनुको अर्थ हाम्रो पूजा पनि अक्षता जस्तै पूर्ण हुनेछ । यसमा कुनै बाधा नआओस् । पूजा बीचमा नटुटोस् अर्थात अधुरो नहोस् भन्ने अर्थ लाग्छ । यसै प्रार्थनाका साथ भगवानलाई चामल चढाइन्छ ।चामललाई अन्नहरुमा सर्वश्रेष्ठ मानिन्छ । इसको सेता रङ्ग शान्तिको प्रतिक पनि हो ।

भगवानलाई चामल चढाएर पूजा गर्नुको अर्थ चामल जस्तै हाम्रो पूजा पनि पूर्ण होस् र जीवनमा शान्ति मिलोस् भन्ने कामना हुन्छ ।भगवानलाई चामल चढाएको समयमा केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । चामल टुक्रिएको हुनुहुँदैन । अक्षता पूर्णताको प्रतिक भएकाले सबै चामल नटुक्रिएको हुनु पर्नेछ । चामल सफा र स्वच्छ हुनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *