• Mon. Sep 25th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

जेलेन्स्कीको धम्कि: रुसी सैनिकलाई बाँच्नका लागि अन्तिम मौका

ByDeayam

Mar 11, 2022

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी सैनिकलाई बाँच्नका लागि अन्तिम मौका दिएको बताएका हुन् ।रुसी युद्धको डटेर सामना गर्ने संकेत दिएका छन्। रुसले युक्रेनका विभिन्न सहरमा १३ दिनदेखि आक्रमण गरिरहेको छ।

उक्त युद्धका कारण युक्रेन छोडेर भाग्नेहरुको संख्या २० लाख नाघिसकेको छ। त्यसमध्ये करिब आठ लाख बालबालिका रहेको सेभ द चिल्ड्रेनले बताएको छ।

युक्रेन छोडेका आधाभन्दा बढी शरणार्थीहरू पोल्यान्ड पुगेका छन्। त्यसबाहेक हंगेरी र स्लोभाकिया पनि युक्रेनीहरुको संख्या बढिरहेको छ। युक्रेनमा रुसी सैनिकहरूको कारबाहीका विषयमा जारी गरिएका नक्सा हेर्दा रुसले निर्णायक विजय पाउनै लागेको देखिएको छ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्।

संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई पुटिन आक्रोशित र हतास रहेको बताएका हुन्। तर, रुसले आक्रमणको १३औं दिनसम्म पनि युक्रेनको राजधानी किएभलाई नियन्त्रणमा लिन सकेका छन्।

यद्यपि, युक्रेनको राजधानी किएभको उत्तरपूर्वी भागमा रुसी सेनाले दुईवटा पकेट एरिया तयार पारेको छ। त्यस्ता, चारवटा पकेट एरिया बनाउने रुसको योजना छ। यता, पश्चिमबाट किएभ जाने कम्तीमा तीनवटा प्रमुख सडकहरूमा युक्रेनी पहुँचलाई रुसी सैनिकहरुले काटिसकेको छ।

यसका साथै सुमी प्रान्तलाई रुसले लगभग घेराबन्दी गरिसकेको छ। लुहान्स्कलाई रुसले लगभग आफ्नो नियन्त्रणमा लिइसकेको छ। युक्रेनी सेनाको अधिकांश इकाइलाई रुसले बेकामे बनाउन सक्ने देखिन्छ। युक्रेनीहरू पश्चिमतर्फ भाग्न नसक्ने गरी घेराबन्दी भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *