• Thu. Feb 15th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ

ByDeayam

Mar 11, 2022

नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका नायक पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन्।

शाहका म्‍यानेजर भनिएका जोशीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँले नाबालिग बलात्कारको आरोपी शाहका लागि मतियारको काम गरेको आरोपमा उनका म्यानेजर भनिने जोशीलाई पक्राउ गरेको हो।

घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई धम्की दिएको र करणीका लागि बालिगलाई फकाउने र प्रबन्धमा सलग्न देखिएको जोशीमाथि आरोप छ।

जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फसाउन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत संलग्न रहेको आरोप लगाएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *