नेकपा (माओवादी केन्द्र)बाट प्रदेश सांसद भएका कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए।
अध्यक्ष प्रचण्डले जालझेल गरेकाले पार्टी परित्याग गरेको उनको भनाई छ।