• Fri. Sep 22nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

फेसबुकमा रुसविरुद्ध बोल्ने अनुमति

Bydeep

Mar 11, 2022

साेसल नेटवर्किङ साइट फेसबुकले ‘रुसी आक्रमणकारीहरू’ को विरुद्ध हिंसात्मक भाषणलाई अनुमति दिने नियम ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फेसबुकको नियमअनुसार कुनै पनि प्रकारको गाली, हिंसात्मक भाषण या आपत्तिजनक भाषणलाई अनुमति हुँदैन । फेसबुकमा यी सबै कुरा प्रतिबन्धित छ तर युक्रेनलाई समर्थन गर्न फेसबुकले यसबारेमा केही खुकुलो गरेको हो । अब प्रयाेगकर्ताहरूले युक्रेनमाथिकाे आक्रमणलाई लिएर रुसको विरुद्ध बोल्न सक्ने र उसकाे विरोध जनाउन सक्नेछन् ।

यसअघि फेसबुकले रुसमा विभिन्न विषयमा कडाइ गरेको थियो । त्यसपछि रुसले फेसबुकमाथि कडा कारबाही गर्दै आफ्नो देशमा फेसबुकमाथि पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो । रुसको सेन्सरशिप एजेन्सी रोसकोम्नाडजोरले फेसबुकमाथि रुसी मिडियालाई भेदभाव गरेको आरोप लगाएको थियो ।

युक्रेनमाथि आक्रमण सुरु गरेयता रुसमाथि विश्वका विभिन्न देश र कम्पनीहरूले दबाब दिइरहेका छन् । अमेरिका र उसका सहयोगी देशहरूले रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाइसकेका छन् । यस्तै ठूला कम्पनीहरूले रुसमा आफ्नो कारोबार बन्द गरेका छन् । यी कम्पनीहरूले युक्रेनलाई समर्थन गर्न पहल गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *