• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

भाडाका लडाकु युक्रेन पठाउने योजनालाई पुटिनको समर्थन

ByDeayam

Mar 11, 2022

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भाडाका लडाकु युक्रेन पठाउने योजनाको समर्थन गरेका छन्।

भाडाका लडाकुलाई स्वयंसेवी लडाकु भन्दै पुटिनले उनीहरुलाई युक्रेनमा लड्न अनुमति दिने योजना बनाएका हुन्।हाल युक्रेनमा जारी युद्ध–कारबाहीलाई रुसी राष्ट्रपतिले विशेष सैन्य कारबाही पनि भनेका छन्।

यसअघि रुसले सिरियाबाट भाडाका लडाकुहरु ल्याएको समाचारहरु आएका थिए।

पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भनेका छन्,‘यदि तपाईंले स्वैच्छिक आधारमा पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न चाहने मानिसहरू देख्नुभयो भने तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ।’

रुसले सिरियाका हरेक लडाकुलाई हप्ताको चार सय अमेरिकी डलर दिएको पनि दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *