• Fri. Sep 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निशुल्क, मन्त्रीहरुले मृत्युपश्चात अंगदान गर्ने

Bydeep

Mar 11, 2022

काठमाडौं : सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। मृत्युपश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्‌को बैठकमा सबै मन्त्रीले पनि सोही निर्णय कार्यान्वयन गर्ने भएका हुन्।

स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले क्याविनेटमा अंगदानको प्रस्ताव लगेका थिए। मन्त्रीहरुलाई साथ दिँदै मुख्यसचिव शंकरदाश बैरागीले पनि अंगदानको घोषणा गरेका थिए।

यस्तै मन्त्रिपरिषद् बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाईसमेत स्वीकृत गरेको छ। अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको छ।

यसैगरी ५० वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुको मृगौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ। यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *