• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मूल्य वृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ :पम्फा भुसाल

ByDeayam

Mar 11, 2022

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मूल्य वृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गोदावरी नगरपालिकाको छैटाैँ स्थापना दिवस एवम् नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा आज शुक्रवार आयोजित कार्यक्रममा उहाँले महँगीले दैनिक भान्सा चलाउन कठिनाइ भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताउनुभयो ।

यसैबीच मन्त्री भुसालले गाेदावरी नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उल्लेख गर्नुभयाे । सांसद नवराज सिलवालले याे क्षेत्र विकास निर्माणका हिसाबले काठमाण्डाै उपत्यकाको कर्णालीका रूपमा रहेको बताउँदै सरकारले याे ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताउनुभयो ।

नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भौगोलिक रूपमा याे नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराउनुभयो । याे क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गर्नुभयो ।

उपमेयर मुना अधिकारीले अब आफूहरूले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो ।

सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको याे भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि अहिलेसम्म झन्डै २५ करोड रुपैयाँ खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *