महानायक राजेश हमालले आफूले काठमाडौंको मेयर बन्नुपर्छकी क्या हो भनेर व्यंग्य मात्र गरेको बताएका छन्।
युट्युब च्यानलमा भ्लग मार्फत हमालले सो कुरा बोलेपछि धेरैले सो भनाईलाई मेयरमा उठ्ने इच्छाका रुपमा लिएका थिए।तर, काठमाडौं सहरको अव्यवस्थाबारे आफूले व्यंग्य गरेको हमालले बताएका छन।
शुक्रबार आफ्नै एकल स्वर रहेको गाउँले ठिटो गीत सार्वजनिक कार्यक्रममा हमालले सो कुरा बताएका हुन् ।काठमाडौंको सौन्दर्यीकरणमा कसैले पनि ध्यान नदिएकाले पनि आफूले उक्त कुरा गरेको हमालले बताएका छन्।
हमालले भने, ‘कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन । यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ ।’