• Sat. Sep 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यस्ता छन कमिलाका अचम्मका गुणहरू ,किन हिँड्छन् एउटै लाइनमा

ByDeayam

Mar 11, 2022

पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छन । यी जीवहरूमध्ये कमिलाहरू पनि एक हो । कमिलाहरू सधैँ एउटै लाइनमा हिँडिरहेको तपाईंले पनि देख्नुभएकै होला । यो बानीको पछाडि ठूलो कारण छ ।

कमिला लामो समयसम्म बाँच्ने जीव हो । संसारमा जताततै पाइने तथा धेरै प्रजाति भएका जीवअन्तर्गत कमिला पर्दछ । यो जीव सधैँ समूहमा रही रानी कमिला, भाले कमिला र पोथी कमिलाहरू मिलेर आफ्नै परिवार बनाउँछन् । त्यसैले, कमिलालाई सामाजिक पनि भन्न सकिन्छ ।

किन हिँड्छन् एउटै लाइनमा

अचम्मको कुरा के छ भने कमिलाको आँखा देखाउनलाई मात्र हुन्छ । वास्तवमा कमिलाहरू अन्धो भएकोले आँखामा देख्न सक्दैनन् । जब उनीहरू खानाको खोजीमा बाहिर निस्कन्छन्, तीमध्ये सबैभन्दा अगाडि रानी हुन्छ ।

रानी कमिलाले बाटोमा ‘फेरोमोन’ नामक रसायन निकाल्छ । यसको गन्ध सुँघ्दै अन्य कमिलाहरू पनि लाइनमा हिँडिरहन्छन् । जसका कारण रेखा पनि बनेको हुन्छ ।

अर्को अचम्मको कुरा, कमिलोले आफ्नो तौलभन्दा १० गुणा बढी सामान बोकेर हिँड्न सक्छ । यसैगरी, कमिलाले पछिसम्मका लागि आफ्नो खानाको जोहो पहिले नै गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *