• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यी हुन् २०७९ सालमा दिइने बिदाका दिनहरु,दशैँ बिदा एक दिन लम्बियो

Bydeep

Mar 11, 2022

काठमाण्डाै – सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना निकालेर सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो।

यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ । यस्तै कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *