• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुस–युक्रेन युद्धले तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने डर , देशहरु धमाधम रक्षा बजेट छुट्याउदै

ByDeayam

Mar 11, 2022

युक्रेनमा रुसले गरेको आक्रमणको आज १६ औँ दिन हो। दुवै पक्षबाट भीषण हमला जारी छ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यो युद्धका कारण विश्वभर आलोचना भइरहेको छ। विश्वमा रुसी साम्राज्यको पुनर्जन्म भएर तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने डर पनि छ।

हालै सार्वजनिक एक रिपोर्टले रुस–युक्रेन युद्धले अमेरिका मालामाल बनिरहेको खबर सार्वजनिक गरेको छ। हातहतियार बनाउने अमेरिकी कम्पनीहरुले हतियार आपूर्ति गरेर अर्बौं डलर कमाइरहेका छन्।

एसिया टाइम्सको रिपोर्टका अनुसार यस युद्धका कारण रक्षा क्षेत्रमा ठूलो खर्च हुन थालेको छ। युरोपेली संघले ४५ करोड युरोको हतियार खरिद गरी युक्रेनलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ। अर्कोतर्फ अमेरिकाले थप ३५ करोड डलरको सैन्य सहयोग दिने बताएको छ। यसअघि अमेरिकाले युक्रेनलाई ६५ करोड डलरको सैन्य सहायता दिएको थियो।

यी सबै गर्दा अमेरिका र नाटो देशले १७ हजार एन्टी ट्यांक हतियार र २ हजार स्टिंगर एन्टी एयरक्राफ्ट मिसाइल पठाइरहेका छन्।

यतिमात्र होइन रुसविरुद्ध विद्रोही समूह बनाउन बेलायत, अस्ट्रेलिया, टर्की र क्यानडाको नेतृत्वमा युक्रेनमा अन्तर्राष्ट्रिय गठबन्धन बनिरहेको छ। यी सबै निर्णयले विश्वका अग्रणी हतियार उत्पादकहरुकाको आम्दानी ह्वात्तै बढ्ने देखिन्छ। यसरी बुझ्न सकिन्छ कि अमेरिकी कम्पनी रेथियोनले स्टिंगर मिसाइल बनाउँछ। रेथियनले लकहिड मार्टिनसँग जेभलिन एन्टी–ट्यांक मिसाइल निर्माण गर्नका लागि सहकार्य पनि गर्दैछ। जुन युक्रेनलाई अमेरिका र अन्य नेटो देशहरुले ठूलो मात्रामा आपूर्ति गरेको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि लकहिड र रेथियनको सेयर मूल्य क्रमशः १६ प्रतिशत र ३ प्रतिशतले बढेको छ। यसबाहेक बेलायतस्थित कम्पनी बीएई सिस्टमको सेयर मूल्य पनि २६ प्रतिशतले बढेको छ। यी कम्पनीहरुले अहिले आफ्ना लगानीकर्ताहरुलाई आम्दानीका बारेमा बताइरहेका छन्। रेथियोनले जनवरी २५ मा यूएईमा ड्रोन आक्रमण र दक्षिण चीन सागरमा तनाव बढ्दै गएपछि रक्षा खर्च बढ्ने बताएको थियो।

युक्रेन युद्ध सुरु भएपछि अब जर्मनी र डेनमार्क दुवैले रक्षा बजेट बढाउने घोषणा गरेका छन्।

हतियार उद्योगको कुरा गर्दा अमेरिका विश्वको अगाडि छ। सन् २०१६ र २०२० को बीचमा अमेरिकाले विश्वमा बिक्री हुने कुल हतियारको ३७ प्रतिशत बिक्री गरेको छ। त्यसपछि रुस २० प्रतिशत, फ्रान्स ८ प्रतिशत, जर्मनी ६ प्रतिशत र चीन ५ प्रतिशत रहेको छ।

यी निर्यातकर्ताबाहेक अन्य धेरै देश छन्, जसले यो भीषण युद्धबाट धेरै आम्दानी गरिरहेका छन्। यसमा टर्की सबैभन्दा अगाडि छ। जसले रुसको चेतावनीपछि पनि युक्रेनलाई आफ्नो घातक हमला गर्ने ड्रोन विमान दिएको छ। यसले ट्रकीको हतियार उद्योगलाई चम्किएको छ। यसबाहेक इजरायलको रक्षा उद्योगले पनि धेरै आम्दानी गरिरहेको छ।

अर्कोतर्फ रसियाको रक्षा उद्योगले पश्चिमी देशहरुको प्रतिबन्धका कारण ठूलो नोक्सान व्यहोर्न सक्छ। भारतले लगातार रुसबाट कम हतियार खरिद गरिरहेको छ। अमेरिकाले पनि रुसको हतियार खरिदमा थप कटौती गर्न भारतलाई दबाब दिइरहेको छ। यस्तो अवस्थामा रुसका लागि हतियारका लागि कच्चा पदार्थ पाउन निकै कठिन हुनेछ।

रुसी हतियारको अभावले अब हतियार बजारमा अमेरिका र पश्चिमी देशको पकड बढाउन सक्छ। यसबाहेक चीनले अब खाडी मुलुकमा हतियार बिक्री बढाउन सक्नेछ। हालै चीनले यूएईबाट ठूलो अर्डर पाएको रिपोर्टमा उल्लेख छ।

समग्रमा यो युद्धबाट पश्चिमा राष्ट्र र चीन मालामाल बन्ने देखिएको छ। – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *