• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रूसको चेतावनी:फेसबुक र इन्स्टाग्राम बन्द गरिदिन्छौ

ByDeayam

Mar 11, 2022

रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ ।

रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो ।“रूसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,” रूसी एक अधिकारीले भने ।

फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रूसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तिको संकेत उल्लेख गर्ने घोषणा गरेको थियो

मेटाले रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु प्रकाशित गर्ने प्रयोगकर्ताहरूलाई केही समय फेसबुक प्रयोग गर्नैै नमिल्ने बनाइदिने चेतावनी पनि दिएको छ ।

रूसले युक्रेनमाथी आक्रमण गरेपछि त्यसविरुद्धमा सामाजिक सञ्जालहरूमा रूसविरुद्ध चर्को आलोचना गर्दै हिंसा भड्काउने सामग्री प्रकाशित हुन थालेका थिए ।

अमेरिकी कतिपय सञ्चार माध्यमहरुमा रूस र बेलारुसका राष्ट्रपतिको हत्या गर्नुपर्ने जस्ता प्रतिक्रियासहितका सामग्रीहरु प्रकाशित भइरहेको रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *