• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

वीरगञ्ज महानगरपालिकाका मेयर एमाले प्रवेश गर्दै

Bydeep

Mar 11, 2022

वीरगञ्ज फागुन २६,वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । विगत केहि समय देखी मधेसका प्रभावशाली नेता तथा स्थानीय तहका जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गर्ने क्रम चलिरहेका बेला वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी पनि एमालेमा प्रवेश गर्ने तयारी थालेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद विमल श्रीवास्तवमार्फत मेयर सरावगीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी प्रवेशको कुरा गर्दै आएका छन् । मेयर सरावगी यसअघि नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा थिए । पर्सा कांग्रेसको हालै सम्पन्न जिल्ला अधिवेशनमा अजय द्विबेदी पक्ष पराजित भएपछि कांग्रेस प्रवेश गर्ने तयारी छोडेर उनी एमाले प्रवेश गर्न छलफल चलाएको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *