• Sat. Dec 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

कांग्रेसको अपमान अब सहन सकिन्न – प्रचण्ड

ByAgrim Post

Mar 12, 2022

काठमाडौँ, फागुन २७- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसका नेताहरुले आफूहरु माथि गरेको अपमान सह्य नहुने बताएका छन् ।
कांग्रेसलाई आफूहरुले नै उचालेर सिंहासनमा राखेको र आज उसैले आफ्नो अपमान गरेका सह्य नभएको जिकिर गरेका हुन् ।

ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने । ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो ।त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ’, उनले भने, ‘अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न ।’

केही दिन अघि विराटनगरमा आयोजित कार्यक्रममा काँग्रेस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए ।अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै पारित गर्नुहुँदैन भनेर आफूले नै अडान लिएको दाबी पनि गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्ने अवस्थामा पुगेपछि आफूले ‘व्याख्यात्मक घोषणा’को उपाय निकालेको पनि बताएका छन् ।उनले एमसीसी बहसमा विगत जस्तो विवाद र बहस चलिरहेको भए माओवादी फुटिसकेको हुने भन्दै त्यसबाट आफूले बचाएको ब्रिफिङ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *