• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम छ:योगेश भट्टराई

ByDeayam

Mar 12, 2022

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम रहेको बताएका छन् ।उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा एमाले एक्लै भएपनि गठबन्धनसँग लड्न सक्षम भएको बताएका हुन् ।

शुक्रबार पार्टीको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा एमाले पहिलो शक्ति केन्द्रका रुपमै अगाडि आउँछ । त्यसका लागि पार्टीका सम्पूर्ण संगठनहरु जिम्मेवारीपूर्वक लाग्न आवश्यक छ ।

वर्तमान गठबन्धन नै चुनावसम्म जाने-नजाने निश्चित नभएको भन्दै नेता, कार्यकर्तालाई पार्टीका रणनीतिक योजनाहरु अघि सार्न समेत उनले आग्रह गरे ।भट्टराईले एमाले नै देश र राष्ट्रको हितमा काम गर्ने पार्टी भएकाले जनताले अझै पनि एमालेको नेतृत्वमा सरकार बनाउन चाहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *