• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

जलबिन्दुको लक्षण नै नदेखी गुम्न सक्छ ज्योति

ByDeayam

Mar 12, 2022

जलबिन्दु आँखाको रोग हो। आँखाको नसामा पर्ने चापका कारण भित्री भागको नसा (अप्टिक नर्भ)मा असर गर्छ ।

आँखासँग जोडिएको नसामा क्षति पुगेको अवस्थामा जलबिन्दु हुने विशेषज्ञहरू बताउँछन् । जलबिन्दु भएपछि इन्ट्राअक्युलर प्रेसर अर्थात् आँखाभित्रको चापमा वृद्धि हुन पुग्छ।

समयमा उपचार नपाउँदा सुटुक्क दृष्टि गुम्छ। जलबिन्दुको लक्षण नै नदेखिन सक्छ । कतिपयमा आँखासम्बन्धी समस्याहरू देखिन सक्छ। कम्प्युटर शिक्षक शेर्पाका अनुसार, विद्यार्थीलाई पढाउँदाखेरी मात्र नभई मोटरसाइकल चलाउँदा पनि आँसु आउँथ्यो। कहिलेकाहीँ चक्कर लाग्थ्यो। ‘दायाँ आँखा जति प्रष्टरूपमा बायाँ आँखाले नदेखे झै महसुस भयो,’ उनले भने, ‘बायाँ आँखामा जलबिन्दु भइसकेको रहेछ। दायाँ आँखाले प्रष्ट रूपमा देख्ने हँदा थाहा पाउन ढिलो भयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *