• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेकपा एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छ :मन्त्री आले

ByDeayam

Mar 12, 2022

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ ।

आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताउनुभयो ।

गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले आगामी तीनवटै तहको निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताउनुभयो ।

मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पनि बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *