• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पञ्जावमा आम आदमीको गौरवशाली जितको कारण ‘काम गर्नेलाई पत्याउँछन् जनता’

ByDeayam

Mar 12, 2022

भारतको पञ्जाव राज्यमा अरविन्द केजरीवाल अध्यक्ष रहेको आम आदमी पार्टीले अप्रत्याशित रुपमा तीन चौथाई मत प्राप्त गर्यो।

हालै सम्पन्न विधान सभा निर्वाचनमा अत्यधिक मत पाएसँगै अब पञ्जाब प्रदेशको सरकार आम आदमीले बनाउने छ।११७ सिटको लागि भएको निर्वाचनमा सरकार बनाउन ५९ स्थानमा जिते पुग्ने थियो। तर आम आदमीले ९२ सिट हात पार्यो।

पुराना इतिहास बोकेका पार्टीले लज्जास्पद हार व्यहोरे। त्यहाँको सत्ताधारी दल काँग्रेस आई १८ सिटमा सिमित बन्दा समाजवादी दलले ३, भारतीय जनता पार्टीले २ र अन्य पार्टीले दुई सिट ल्याए।

गरिब र मध्यमवर्गीय जनताको मन जित्न सफल भएकै कारण पञ्जावमा आम आदमीले झण्डा गाड्न सफल भएको हो।

दिल्ली मोडल फाप्यो पञ्जावलाई
सार्वजनिक सेवामा जनतालाई सुलभ र भरपर्दो सुविधा, राम्रो गुणस्तरका विद्यालय र अस्पतालहरूमा सामान्य मानिसलाई पहुँच दिने वाचा गरेकै कारण र त्यसलाई पुरा गरेकै कारण दिल्लीमा आम आदमीले दुई कार्यकाल चुनाव जितेर सरकार बनाएको छ।

पञ्जाबको चुनावमा पनि अरविन्द केजरीवालको पार्टीले सोही अभियान दोहोर्यायो। अर्थात् दिल्लीकै मोडल पछ्याउँदा पञ्जावमा आम आदमी पार्टीले पुराना पार्टीलाई पराजित गर्यो।

दिल्लीमा केजरीवालको सरकारले सर्वसाधारणलाई चुनावमा गरेको वाचा अनुसार नै हरेक क्षेत्रमा सुविधा दिएको छ। त्यहाँ सुलभ स्वास्थ्य र शिक्षाको सुविधा छ। यस्तै घरघरमै गएर सरकारी कर्मचारीले काम गरिदिन्छन्।

त्यसबाहेक त्यहाँका जनताले निशुल्क विजुली उपभोग गर्दछन् निशुल्क पानीको सुविधा पनि दिल्लीका नागरिकलाई दिइएको छ। महिलालाई दिल्लीको सवारीमा भाडा लाग्दैन र दिल्लीमा भ्रष्टाचार हुँदैन भ्रष्टाचार गर्नेलाई कडा कारवाही गरिन्छ।

दिल्लीमा आम आदमी पार्टीले जनताको लागि ज्यादै धेरै सुविधा दिएको छ। दिल्लीको सबै सेवा सुविधा पञ्जावका नागरिकलाई दिने वाचा गरेपछि पञ्जावमा पनि आम आदमी पार्टी लोकप्रिय बनेको हो। अन्ततः पञ्जावमा आम आदमी पार्टीका भगवान्त मन मुख्यमन्त्री बन्दैछन्।

राजनीतिक विश्लेषकहरुले ‘काम गर्ने मान्छेलाई जनताले पत्याउँछन्’ भन्ने भनाई पञ्जावको चुनावी नतिजाले देखाएको बताइरहेका छन्।

आम आदमीको उदयको अन्य कारण…

पुराना दलसँग वाक्क जनता
सन् १९६६ यता पञ्जावको राजनीतिमा सिरोमणि अकाली दल, काँग्रेस तथा भारतीय जनता पार्टीले सरकार बनाउँदै आएका थिए।

यी पार्टीहरु दोहोरिदै सत्तामा पुगे तर यिनीहरुले भ्रष्टाचार, कृषि संकट, रोजगारजस्ता मुद्दा सम्बोधन गर्न सकेनन्। भाजापा त पछिल्लो समय कृषक विरोधी भनेर चिनिन थाल्यो। यी कारणले त्यहाँका जनतामा सत्ता विरोधी विचार आउन थाल्यो।

विकल्पमा आम आदमी पार्टी भएकाले यही पार्टीलाई दुई तिहाईभन्दा बढी मत दिएर पञ्जावमा त्यहाँका जनताले जित दिलाए।

जनताको समस्या दुर गर्ने वाचा
आम आदमी पार्टीले पञ्जावमा आफूले उक्त राज्यलाई राम्रो बनाउनसक्ने विश्वास दिलाए। उनीहरुले स्पष्ट रुपमा त्यहाँ रोजगार सिर्जना गर्ने, कृषि क्षेत्रका समस्या दुर गर्ने, मुद्रास्फीति कम गर्ने र कोरोना महामारीको समस्या व्यवस्थित गर्ने वाचा गरे।

युवालाई रोजगार दिने, महिलालाई सेवा सुविधा र सशक्तिकरणको कार्यक्रम ल्याउने साथै कृषकलाई राम्रो सुविधा दिने वाचा गरेपछि उनीहरुको लोकप्रियता चुलियो।

दिल्ली र पञ्जावको समन्वय
दिल्लीमा आम आदमी पार्टीले जनतालाई दिएको सेवा सुविधाका कारण पनि पञ्जावका नागरिक यो पार्टीमा आकर्षित भएका हुन्।

७ वर्षयता आम आदमी पार्टीले दिल्लीमा शासन गरिरहेको छ। वाचा गरेअनुसार काम गरेकै कारण दुईपटक सो पार्टीले त्यहाँ सरकार बनायो।

यतिबेला पञ्जावमा आम आदमीको सरकार बन्ने निश्चित भइसकको छ। त्यहाँका नागरिकले पनि दिल्लीकै जस्तो सेवा सुविधा पाउने आशा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *